Incident Reports

उपकुलपतिको राजीनामा माग्दै पूर्वएमाले निकट प्राध्यापकले कृषि विश्वविद्यालयमा ताला लगाए

2020-12-21

Bagmati, Makawanpur, Hetauda

नियुक्तिको तीन महिना पनि नपुग्दै उपकुलपतिको राजीनामा माग्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्द गरिएको छ। 

करिब १४ महिना रिक्त रहेको यस विश्वविद्यालयको उपकुलपति पदमा गत असोज ९ गतेको मन्त्री परिषद्को निर्णयबाट प्रा.डा.पुण्यप्रसाद रेग्मी नियुक्त भएका थिए।

नेपाली कांग्रेससँग मिलेर डिन नियुक्त गरेको भन्दै विश्वविद्यालयका पूर्व एमाले निकटका प्राध्यापकहरूले उपकुलपतिको राजीनामा मागेका हुन्। 

उपकुलपति रेग्मी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकटका हुन्। नेपाल प्रगतिशिल प्राध्यापक संघ, विश्वविद्यालय समितिका अध्यक्ष बाबुराम खनालले उपकुलपतिले विधान र प्रक्रियालाई मिचेर डिन नियुक्ती गरेको आरोप लगाए।

उपकुलपति रेग्मीले कृषि संकायमा प्रा.डा.जयप्रकाश दत्त र पशु विज्ञान संकायमा प्रा.डा.होमबहादुर बस्नेतलाई नियुक्त गरेका थिए। यी संकायमा गत जेठ १ गते देखि डिन पद रिक्त रहँदै आएको थियो।

एक कार्यकाल डिन भइसकेका दत्तलाई पुनः नियुक्त नगर्न पूर्व एमाले निकटका प्राध्यापकहरूले दबाब दिँदै आएका थिए। 

तर हेटौंडाको कृषि संकायमा नेपाली कांग्रेस निकटका प्रा.डा.बलराम भट्टलाई डिन पुनः दोह्राउने सर्तमा पूर्व माओवादी समर्थित भट्टलाई पुनः डिन बनाइएको स्रोत बताउँछ।

उपकुलपतिले नेपाली काँग्रेससँग मिलेर सबै नियुक्ति गर्न थालेपछि पूर्व एमाले निकटका प्राध्यापकहरू रुष्ट बनेका हुन्। 

उनीहरूले छनोट समितिले सिफारिस गर्नेका योग्य व्यक्तिहरूलाई पन्छाएर राजनीतिक पूर्वाग्रहको आधारमा विवादित व्यक्तिलाई नियुक्त गरिएको आरोप लगाएका छन्।  

‘आफ्नो राजनीतिक स्वार्थ र अभिष्ट पुरा गर्न विद्यावारिधिसमेत नगरेका व्यक्तिलाई विश्वविद्यालयको सबैभन्दा बढी जिम्मेवार कृषि संकायको डिनमा नियुक्त गरिएको छ,’ खनालले भने, ‘यो निर्णय नसच्याउँदासम्म विश्वविद्यालय बन्द गर्छौं।’ उनले उपकुलपतिले विश्वविद्यालयमा राजनीतिक चलखेल बढाएको भन्दै शैक्षिक वातावरण बिगार्नेगरी गरिएका निर्णयले विश्वविद्यालयलाई गम्भीर असर पुग्ने बताए।

‘उहाँले उपकुलपति पदको गरिमा राख्न सक्नुभएन,’ खनालले भने, ‘डिन नियुक्तीका सम्पूर्ण प्रक्रियाहरू खारेज गर्दै राजीनामा नदिँदासम्म विश्वविद्यालयको केन्द्रिय संकाय मातहतका सम्पूर्ण कार्यालयहरू बन्द गर्छौं।’ 

प्राध्यापकहरूको यो निर्णयसँगै विश्वविद्यालयको शैक्षिक गतिविधिहरू प्रभावित हुन थालेको छ।  

उनीहरूले ११ महिना देखि रिक्त रहेको रजिष्टार पदमा नियुक्ती नगरी विश्वविद्यालयलाई अन्यौलमा राख्ने काम गरिएको आरोप लगाएका छन्। 

लामो समयदेखि रजिष्टार पद रिक्त रहँदा यस विश्वविद्यालयले विश्वविद्यालयसभासमेत गर्न सकेको छैन।  विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रारमा नियुक्त गर्न आह्वान गरेअनुरुप ११ जनाको आवेदन परेको छ। 

छनोट समितिले ११ जनामध्येबाट तीन जनाको नाम उपकुलपतिलाई सिफारिस गरेको छ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public) , NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments