Incident Reports

गृह जिल्ला झापामा ओलीविरुद्ध नेकपाका कार्यकर्ता उत्रिए प्रदर्शनमा

2020-12-20

Province 1, Jhapa, Bhadrapur

भद्रपुर– प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै कार्यकर्ताहरुले उनको विरोध गरेका छन् ।

संघीय संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थीहरु विरोध प्रदर्शन उत्रिएका हुन ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति संसद् विघटन गरेपछि नेकपाका भ्रातृ संगठनमा आबद्ध युवा तथा विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन।

विरोध र्‍यालीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर युवा तथा विद्यार्थीले संसद् विघटन प्रतिगामी सिफारिस खारेज गर, तानासाह मुर्दावाद, फासिवाद मुर्दावाद र सर्वसत्तावाद मुर्दावादको नारा लगाएका थिए।

सरकारले गरेको संसद विघटनको कदमलाई लिएर मुलुकका विभिन्न स्थानमा प्रतिपक्षी दल लगायत सत्तारुढ दलकै नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments