Incident Reports

बेवारिसे बालक सात वर्षदेखि अस्पतालमा l

2014-06-09

Bagmati, Chitawan, Chitwan National Park

Sabitri Sapkota चितवन । ०७१ जेठ २५ गते एक १५ वर्षीय बालक विगत सात वर्षदेखि भरतपुर अस्पतालको बालबालिका कक्षको १३ नम्बर बेडमा बेवारिसे अवस्थामा रहेका छन् । सुस्त मनस्थितिका बालकलाई उपचार गर्न अस्पताल ल्याएका आमाबुबाले विशाल अधिकारी नाम गरेका बालकलाई ०६४ साउन ३० गतेअस्पतालमा नै छाडिर गएपछि उनी बेवारिसे भएका हुन् । विशाल मानसिक तथा शारीरिक रुपमा अपाङ्ग रहेको भरतपुर अस्पतालका बाल रोग बिशेषज्ञ डाक्टर आमोदबहादुर थापाले बताए । उनले भने-'उसलाई राम्रोसँग हिड्डुल गर्न सक्ने बनाउन फिजीयोथेरापी नै चाहिन्छ ।' फिजीयोथेरापीसंगै स्याहारसुसार पनि उस्तै किसिमको र वातावरण पनि मिल्दो भएमा विशालमा केही सुधार आउने डाक्टर आमोदको भनाई छ । तर, अस्पतालबाट यस प्रकारको उपचारमा उनलाई कुनै चासो दिइएको छैन । खाना पनि अरुको सहारामा खानुपर्ने विशाल हिड्डुल गर्न नसक्ने कारणले दिशा पिसाव पनि वेडमा नै गर्दछन् । अहिले अस्पतालले कर्मचारीमार्फ विशालको स्याहारसुसार त गरेको छ तर उनको उचित उपचार भने हुन सकेको छैन्। राती-राती ममी-ममी भन्दै रुन्छन् । अस्पतालमा आफ्नो छोरालाई उपचार गर्न आएकी एक आमाले भनिन्- 'अरु कसैले खानेकुरा दिँदा पनि दिशा पिसाव बढी गर्छ भनेर होला स्याहार गर्ने सुसारेले गाली गर्दछन् ।' उनी भोक लाग्यो, पानी, भात खान्छु, दिदी, ममी जस्ता सामान्य कुरा आफ्नो सुरमा बोल्दछन् । सावित्री सापकोटा

0 Comments