Incident Reports

ओली विरोधमा उत्रिए नेकपाकै कार्यकर्ता

2020-12-21

संसद विघटन भएपछि बाँकेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन । नेकपाका कार्यकर्ताले सडकमा उत्रिएर ओलीको कदम गलत भएको भन्दै त्यसको बिरोध गरेका हुन ।

बाँकेको नेपालगन्जमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वियुका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनमा विद्यार्थी तथा युवा संगठनका नेताले संसद् विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेकोे भन्दै प्रदर्शनमा सहभागी भएको नेकपा समर्थनक कार्यकर्ताले बताएका छन ।

बिरोध प्रदर्शनमा भने ओली गुटका कार्यकर्ताको सहभागीता थिएन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments