Incident Reports

पत्नीलाई पतिसहित आफन्तबाटै सामुहिक बलात्कार l

2014-06-05

Bagmati, Makawanpur, Bhimphedi

They were subsequently able to convince local police to resume it -------------------------------------------- मकवानपुर । ०७१ जेठ २४ गते जीवनभरसँगै जिउने र सँगै मर्ने कसम खाएर पाँच साताअघि दाम्पत्य जीवनमा गाँसिएकी एक महिला पतिसहित आफन्तबाटै सामूहिक बलात्कृत भएकी छन् । पीडितको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बलात्कारको आरोपमा पीडितका पति सन्तोष उपाध्याय, उनका भाइ सुमन उपाध्याय र सहयोगीको रुपमा पीडितकै काकी सासू भगवतीदेवी उपाध्यायलाई प्रहरीले सामुहिक बलात्कारको आरोपमा गिरफ्तार गरेको हो । तीनै जना विरुद्ध जेठ २३ गते जबरजस्तीकरणीमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले जनाएका छन् । हेटौडा नपा-८ का २८ वर्षीय सन्तोष उपाध्यायले एक महिना अघि वैशाख १८ गते मात्र विवाह गरेका थिए । विवाह सामाजिक परम्परा तथा संकृति अनुसार राम्रैसँग भए पनि विवाहको भोलिपल्ट देखिनै उनलाई मानसिक तथा शारीरिक पीडा दिँदै आएका थिए । भगवती उपाध्याय रक्सौलबाट भन्सार नतिरिकन मालसामान ल्याएर भतिजाको पसलमा दिने गर्थिन् । भगवतीले उनलाई पनि यो पेशामा लगाउन खोजिन तर उनले नमानेकोले बुहारीलाई यौनजन्य कार्यमा संलग्न गराएर भए पनि भन्सार र प्रहरी चौकीबाट मालसामान पटक/पटक छुटाउने उनको उद्देश्य रहेको हुनसक्ने प्रहरीले जनाएको छ । काकीकै नेतृत्वमा प्रत्येक साँझ उनलाई लठ्याउने औषधी खुवाएर पति र देवर दुवैले बलात्कार गर्दै आएका थिए । ०७१ जेठ १७ गते पनि उनलाई ग्यास्टिकको औषधी भनेर जबरजस्ती खुवाइयो । त्यो दिन उनले औषधी सेवन गर्न प्रतिकार गरे पनि तीनै जना मिलेर उनलाई तीन ओटा ट्याबलेट खुवाए र पति र देवरले कुटपिट गरी बलात्कार गरेका थिए । त्यसपछि मात्र पीडितले घटनाको जाहेरी प्रहरीमा दिएकी थिइन् । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis