Incident Reports

रत्नपार्कमा नेविसंघ कार्यकर्ताको मसाल जुलुस

2020-12-22

काठ्माडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले संसद विघटनको विरोधमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् । मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म नेविसंघका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

मसाल जुलुसपछि रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कोणसभालालई सम्बोधन गर्दै विद्यार्थी नेता कुन्दन काफ्लेले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमको चर्को विरोध गरे । उनले नेकपाको कोठे राजनीतिले देशका तमाम जनतालाई गुमराहमा राखेको भन्दै आक्रोश पोखे । उनले सर्वोच्च अदालले जनताका पक्षमा फैसला गर्ने विश्वासमा आफुहरु रहेको दाबी गरे ।


  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments