Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2014-06-06

Karnali, Kalikot, Raskot

Kali Bahadur Malla कालीकोट । ०७१ जेठ २४ गते सिप्खाना गाविस-२ का १९ वर्षीय रज रावतलाई एक ४ वर्षीया बालिकालाई वालात्कार गरेको आरोपमा जेठ २४ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिका घर नजिकै खेल्न गएको समयमा जेठ २१ गते दिउँसो बलात्कार गरेको आरोपमा पीडितकी आमाले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि रावतलाई गिरफ्तार गरी हिरासतमा राखेको हो । आरोपित रावतले आफूले बलात्कार नगरेको दाबी गरेका छन् । कालिकोटका प्रहरी प्रमुख डिएसपी लक्ष्मण गुरुङ्गले पीडितको उजुरी आएपछि आरोपितलाई गिरफ्तारउ गरी अनुसन्धान गर्न हिरासतमा राखिएको बताए । पीडितको जिल्ला अस्पताल कालिकोटमा जेठ २३ गते नै स्वास्थ्य परीक्षण गरी उपचार भइरहेको छ । कालीहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis