Incident Reports

महेश बस्नेतको टोलीले सिन्धुली पार्टी कार्यालयमा ताला लगाए

2020-12-23

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिन्धुली पार्टी कार्यालयमा केन्द्रीय सदस्य महेश बस्नेतको टोलीले ताला लगाएको छ । तराईका जिल्लाहरु हुँदै सिन्धुली पुगेका केपी शर्मा ओली समूहका नेता बस्नेतको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो ।

पार्टी कार्यालयमा ताला लगाएर चाबी जिल्ला पार्टी सचिव महेन्द्र श्रेष्ठलाई बुझाएका छन् । श्रेष्ठ तत्कालीन एमालेका अध्यक्ष र पार्टी एकतापछि जिल्ला सचिव थिए । त्यहाँ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेता राजन दाहाल जिल्ला अध्यक्ष छन् ।

ताला लगाएको कार्यालय तत्कालीन एमालेको कार्यालय हो । पार्टी एकीकरणपछि त्यही कार्यालयबाट जिल्ला पार्टी कमिटी चल्दै आएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments