Incident Reports

बालिका बलात्कारका आरोपित हिरासतमा l

2014-06-06

Sudurpashchim, Kailali, Dhangadhi

Sur Bahadur Pariyar कैलाली । ०७१ जेठ २३ गते एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी नपा-३ का २४ वर्षीय विवेक चौधरीलाई जेठ २० गतेदेखी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । आरोपित चौधरीले जेठ ७ गते राती बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, कैलालीमा पीडित परिवारले जेठ २० गते किटानी जाहेरी दिएका थिए । आरोपित चौधरीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले किटानी जाहेरी परेका दिन नै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । घटना गाउँघरमा मिलाउन खोजको कारण प्रहरीमा घटना ढिला दर्ता भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २० गते सेती अञ्चल अस्पताल धनगढीमा भयो । आरोपित चौधरीको विरुद्धमा जिल्ला अदालत कैलालीमा जेठ २१ गते बलात्कार आरोपमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएकोे जिल्ला प्रहरी कार्यालयले जनायो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis