Incident Reports

ताैलिहवामा जसपाकाे प्रदर्शन

2020-12-23

कपिलवस्तु । जनता समाजवादी पार्टी कपिलवस्तुले प्रतिनिधि सभा विघटनविरुद्ध सदरमुकाम तौलिहवामा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा र्‍यालीसहित प्रदर्शन गरिएको जसपाले जनाएको छ ।केन्द्रको निर्देशनमा ७७ बटै जिल्लामा बुधबार विरोध प्रदर्शन गरिएको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो । प्रदर्शनकारीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको विरोधमा नारा लगाएका थिए । विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि गएर कोण सभामा परिणत भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments