Incident Reports

तेह्र बुँदे माग राख्दै पठाओ राइडर आन्दोलनमा, माग पूरा नभएसम्म काममा नफर्कने

2020-12-21

Bagmati, Kathmandu, Kathmandu

विभिन्न १३ बुँदै माग राखी पठाओका राइडरहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् । बानेश्वर स्थित पठाओको कार्यालय परिसरमा अगाडि उनीहरुले बाईक सहित धर्ना दिएका हुन् । पठाओ राइडर र पेसेन्जर दुबैको इन्स्योरेन्स हुनुपर्ने, कमिसन रेट कम गर्नुपर्ने ,राइडर सस्पेन्डमा पर्नु अघि पूर्व जानकारी हुनुपर्ने जस्ता माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । त्यस्तै पेसेन्जरलाई मात्र नभई राइडर संगको कुरा सुन्नुपर्ने, डियु पेमेन्ट ५०० बाट १०० बनाउनुपर्ने, कस्टमर कियर नम्बर टोल फ्रि हुनुपर्ने लगायतका माग राखेका छन् । आफुले राखेको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ । राइडर मार्न पाईदैन हाम्रो माग पूरा गर जस्ता नारा लगाएर आन्दोलनमा उत्रिएका उनीहरुले सडकभरी बाइक राखेर प्रदर्शन समेत गरेका थिए ।पठाओले सरकारलाई राजश्व छल्ने र राइडरलाई बिभिन्न बहानामा सस्पेन्स गर्ने,कमिसन बढी लिने गरेको उनीहरुको आरोप छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis