Incident Reports

विराटनगरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

2020-12-24

Province 1, Morang, Biratnagar

विराटनगर । संसद् विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूह निकट विद्यार्थी र युवाको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद् विघटनको विरोधमा बिहीबार बेलुका विराटनगरमा पुत्ला दहन गरेको हो ।

विराटनगरको संसारीमाइस्थान र घोघापुल चोकबाट राँके जुलुससहित आएको समूहले जलजला चोकमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो ।

संसद् विघटनको विरोधमा शुक्रबार पनि प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी नेता जिसस न्यौपानेले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments