Incident Reports

सासूको हत्या आरोपमा बुहारी पक्राउ

2020-10-27

Madhes, Siraha, Karjanha, Ward 3

१२ पुस, जनकपुरधाम । सिराहामा आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् । गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् ।

छोरा र बुहारीको कुटाइबाट घाइते भएकी सुदामादेवीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । दुई दिनको उपचारपछि उनलाई घरमै ल्याइएको थियो । तर कात्तिक १५ गते उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घट्ना लगत्तै प्रहरीले छोरा रामअवतारलाई नियन्त्रणमा लिएको थियो भने बुहारी मन्जु भने फरार भएकी थिइन् ।

इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खटिएको टोलीले मन्जुदेवीलाई कर्जन्हा ३ स्थित उनकै घरबाट आइतबार नियन्त्रणमा लिएको सिराहा प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।

पक्राउ परेकी मन्जुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments