Incident Reports

कञ्चनपुरको पुनर्वासमा एक वृद्धाको हत्या

2020-12-27

धनगढी- कञ्चनपुरको पुनर्वासमा एक बृद्धाको हत्या भएको छ। पुर्नवास नगरपालिका १ ढक्काका ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या भएको हो।

घरमा एक्लै बस्ने वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो घरभित्रै शव फेला परेको प्रहरीले जनाएको छ।

वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक खण्टी भुलका भाइ हिरे भुलका अनुसार, खण्टी भुलले सधैंजसो नाक, कान र घाँटीमा सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

मृतकको नाकमा सानो बुलाकी बाहेक अन्यत्र कुनै पनि गरगहना नभेटिएको प्रहरीले जनाएको छ। मृतक वृद्धाका छोरा मजदुरीका लागि भारतमा रहेको र बुहारी तथा नातिनी कैलालीको धनगढीमा बस्ने गरेको बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Youth Abducted 00
National/Online Media

0 Comments