Incident Reports

रौतहटमा नेपाली कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (तस्वीर)

2020-12-28

Madhes, Rautahat, Chandrapur

रौतहट, १२ पुष । रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को आयोजनामा भएको सो कार्यक्रममा ठूलो संख्यामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नु अगाडि मसाल जुलुस गरेका थिए ।

हातमा मसाल लिएर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका थिए । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

मसाल जुलुस र पुत्ला दहन गर्ने पूर्व सूचना पाएर चन्द्रनिगाहपुर चोक र नेपाली काँग्रेसको पार्टी कार्यालय अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

तर, प्रदर्शनकारीहरुले प्रहरीलाई छक्याउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए । मसाल जुलुसमा निस्किएका प्रदर्शनकारी र प्रहरी बीचमा मसाल खोसाखोस भएको थियो ।

सो क्रममा एकजना प्रहरी जवानको नाकमा मसालको आगोले पोलेर सामान्य घाइते भएका र प्रहरीको एउटा वाकीटकीमा क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए । 

प्रदर्शन पश्चात् चन्द्रनिगाहपुर मेनचोकमा गरिएको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस रौतहट क्षेत्र नम्बर ४ ‘क’का प्रदेशसभा सदस्य धनलाल ठोकरले प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको आडमा असंवैधानिक रुपमा संसद विघटन गरेको बताए ।

साथै नेपाली काँग्रेसले सडकबाटै प्रधानमन्त्रीलाई असंवैधानिक कदम फिर्ता लिन बाध्य बनाउने चेतावनी समेत उनले दिए ।

संसद विघटनको विरोधमा सोमबार रौतहटका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम गर्ने नेपाली काँग्रेस रौतहट जिल्ला कमिटी सदस्य सुमन गौतमले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 1
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments