Incident Reports

शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा कांग्रेसको प्रदर्शन

2020-12-28

Province 1, Morang, Biratnagar

मोरङ, पुस १३ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले मोरङका विभिन्न निर्वाचन क्षेत्रमा पनि विरोध प्रदर्शन गरेको छ । यसक्रममा विराटनगरमा पनि प्रदर्शन गरिएको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा आयोजित प्रदर्शनमा नेता कार्यकर्ताहरुले सडकमा र्‍याली निकालेका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पुस ५ गते संसद् विघटन गरेको विरोधमा कांग्रेसले देशको १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।

कांग्रेसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments