Incident Reports

प्रतिनिधिसभा विघटनविरूद्ध काठमाडौंका दश क्षेत्रमा कांग्रेसको जुलुस

2020-12-28

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोध गर्दै नेपाली कांग्रेसले आज देशैभरबाट विरोध गरेको छ।

१६५ संघीय निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

काठमाडौंका दश क्षेत्रका विभिन्न १५ स्थानमा प्रदर्शन भएका छन्। यी प्रदर्शनमा कांग्रेसका नेताहरूले सम्बोधन गर्न लागेका छन्।

क्षेत्र नम्बर १ को कार्यक्रम बानेश्वरस्थित होटल एभरेष्ट अगाडि सुरू भएको छ। यहाँ हुने कोणसभालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्ने कार्यक्रम छ।

क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रम कोटेश्वरमा हुँदैछ। प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर चोकमा सम्बोधन गर्न लागेका छन्।

क्षेत्र नम्बर ३ को जोरपाटी चोक, ४ को नारायणचौर नक्साल, ५ को नारायणगोपाल चोक महाराजगञ्ज, ६ को मनमैजु लोकतान्त्रिक चोक, ७ को बालाजु चोक, ८ को बसन्तपुर डबली, ९ को कलंकी चोक र १० को कीर्तिपुर बजारमा प्रदर्शनपछि सभा हुन लागेको कांग्रेसले जनाएको छ। 

यस्तै सभापति शेरबहादुर देउवा प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्न भक्तपुर जानेछन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ, महामन्त्री शशांक कोइराला नवलपुर, केन्द्रीय सदस्य गगन थापा नेपालगञ्जका कार्यक्रममा सहभागी हुँदैछन्।

तस्बिरहरू:







 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments