Incident Reports

प्रर्दशनको क्रममा झडप हुँदा एक जना गिरफ्तार

2020-12-28

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर युवा विद्यार्थीहरुले मसाल जुलुस निकाल्ने क्रममा झडप हुँदा प्रहरीले एक जना विद्यार्थीलाई पोखरा मनपा–९ पृथ्वीचोकबाट गिरफ्तार गरेको छ ।

पोखरा मनपा–९ स्थित पृथ्वीचोकमा पुस १३ गते साँझ मसाल जुलुस प्रर्दशन गर्ने क्रममा राष्ट्रिय युवा सङ्घ कास्की सदस्य समेत रहेका पोखरा मनपा–१९ बस्ने २९ वर्षीय वसन्त बाँस्तोलालाई गिरफ्तार गरेको हो ।

मसाल निभाउने क्रममा प्रहरी र प्रर्दशनकारीबिच झडप भएको थियो ।

गिरफ्तार गरिएका बाँस्तोलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

बाँस्तोलाको गिरफ्तारीको विरोधमा प्रदर्शनकारी विद्यार्थीहरुले सडकमै सुतेर रिहाइको माग गर्दै नाराबाजी गरेका थिए ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
INSEC

0 Comments