Incident Reports

संसद विघटनको बिरोधमा दाङमा कांग्रेसको बिशाल प्रदर्शन

2020-12-28

Lumbini, Dang, Tulsipur

दाङ, १३ पुष । नेपाली कांग्रेस दाङले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक, स्वेच्छाचारी र सनकका भरमा प्रतिनिधिसभा बिघटन गरेको कांग्रेसले जनाएको छ ।

बिरोध सभामा सहभागीहरुले पुष ५ गतेका दिन दुई तिहाई बहुमत प्राप्त ओली सरकारले ५ वर्षका लागि नागरिकले दिएको अधिकारलाई सीधै लत्याइदिएका बताएका छन् ।

नेपाली कांग्रेस दाङले आज (सोमबार) देउखुरी, घोराही र लमहीमा छुट्टाछुट्टै सडक आन्दोलन गरेको छ । तुलसीपुरमा आयोजित बिरोधसभामा जिल्ला सभापति कृत्तिबहादुर खड्का, पूर्व सभापतिहरु घनश्याम रेग्मी र गेहेन्द्र गिरीले प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवै चलाउन नसकेको परिणाम नागरिकले भोग्न बाध्य भएको बताए ।

उक्त बिरोध सभामा लुम्बिनी प्रदेश सभासदस्यहरु डिल्लीबहादुर चौधरी र शंकर गिरीले कांग्रेस निर्वाचनदेखि नभाग्ने र यसलाई आन्दोलनको रुपमा उपयोग गर्ने बताए । उनीहरुले भने, ‘अब जनतामाझ जान्छौं, कम्युनिष्टहरुले सरकार चलाउन सकेनन्, स्थायीत्व र सुशासन दिन सकेनन् ।’

तर, संबिधानलाई चिरहरण गर्ने राष्ट्रपतिलाई संबिधानको संरक्षक बन्न नदिई प्रधानमन्त्रीले आफ्नो सहयोगी बनाएको उनीहरुको भनाइ छ ।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्वर ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षतामा वीपी चोकमा आयोजित उक्त बिरोध सभामा संबिधान सभासदस्य बुद्धिराम भण्डारी, नेपाली काग्रेस निर्वाचन क्षेत्र नम्वर ३ (क)का सभापति घनश्याम ढकाल, नेपाल दलित संघका खेमराज बिश्वकर्मा, नेपाल महिला संघका चित्रा गिरी, नेपाल टे«ड युनियनका गणेश केसी, नेपाल तरुण दलका रमेश मल्ल र नेबिसंघका युवराज खड्काले आ–आफ्नो भनाइ रोखेका थिए ।

नेपाली कांग्रेसले आज (सोमबार) १६५ वटै निर्वाचन क्षेत्रमा बिरोध सभाको आयोजना गरेको छ । तुलसीपुरको बिरोध सभामा उल्लेख्यरुपमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments