Incident Reports

भैरहवामा संसद विघटनविरुद्ध काँग्रेसको प्रदर्शन

2020-12-28

Lumbini, Rupandehi, Siddharthanagar

बुटवल । नेपाली काँग्रेसले  संसद विघटनविरुद्ध  रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको हो । भैरहवामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको बरु जनताको अधिकारी एकपछि अर्को गर्दे अधिनायकवादी शैलीमा खोसेको आरोप लगाए ।

उनले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम भएको दावी गर्दै प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको आरोप समेत लगाए ।

त्यस्तै बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा नेताहरुले वर्तमान सरकारको कदमको विरोध गरेका थिए । उनीहरुले असंवैधानिक कदमलाई सच्याउन माग समेत गरेका थिए ।  आज रुपन्देहीका पनि ५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको नेपाली काँग्रेस जिल्ला सदस्य बिष्णु पोखरेलले बताए  । 


 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments