Incident Reports

संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहका विद्यार्थीद्वारा ‘स्वाहा’ कार्यक्रम (तस्वीर)

2020-12-28

काठमाडौं, १३ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका विद्यार्थीहरुले संसद विघटनको विरोधमा ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन् ।

सोमबार (आज) काठमाडौंको बाल्मिकी क्याम्पसको गेट अगाडि अनेरास्ववियूले हवन कुण्ड बनाई ‘स्वाहा’कार्यक्रमको आयोजना गरेको हो ।

दाहाल–नेपाल समूहका विद्यार्थीहरुले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग पनि गरेका छन् ।

विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै महाकाली स्वाहा, रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा, जनजीविका स्वाहा, पानीजहाज स्वाहा, वालुवाटार स्वाहा, लोकतन्त्र स्वाहा, ह्वाइट बडी स्वाहा, दुई तिहाई सरकार स्वाहालगायतका ब्यांङ्ग्यात्मक नारासहित प्रदर्शन गरेका हुन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments