Incident Reports

प्रतिनिधिसभा विघटनविरुद्ध उदयपुरमा कांग्रेसको प्रदर्शन

2020-12-28

Province 1, Udayapur, Katari

उदयपुर, १३ पुस । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध उदयपुरमा पनि प्रदर्शन गरेको छ।

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउँदै उदयपुर कांग्रेसले जिल्लाको प्रमुख ब्यापारीक केन्द्र कटारीमा प्रदर्शन गरेको हो ।

कटारीको प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस नेतृ प्रमिला राईले कम्युनिस्ट सरकार अहिले सम्मकै असफल सरकार भएको भन्दै सरकारको आलोचना गर्नु भएको थियो। केपी शर्मा ओलीको सरकार एकपछि अर्को घोटालामा समलंग्न भएको कांग्रेस क्षेत्रिय सभापती राम कुमार खत्रीले बताए।

खत्रीले केपी शर्मा ओलीले संविधान मिचेर संसद विघटन गरेको भन्दै संविधान भन्दामाथि ओली नभएको भन्दै ओली सरकारको आलोचना गरेका थिए। बेल्टारमा समेत अधिकांश नेताहरुले सरकारको तीव्र आलोचना गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments