Incident Reports

प्रधानमन्त्री ओलीविरुद्ध गृह जिल्ला झापामा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस

2020-12-28

Province 1, Jhapa, Birtamod

झापा – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन भएसंगै रुष्ट बनेको प्रचण्ड-नेपाल समूहका कार्यकर्ता प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा प्रदर्शन जारी राखेका छन्।

सोमबार साँझ झापाको बिर्तामोडमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध चर्का नाराबाजी गरेका छन्।

बिर्तामोडको पश्चिम बस स्ट्यान्डमा भेला भएका प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका हुन्।

पश्चिम स्ट्यान्डबाट बिर्तामोडको मुक्ति चोक नजिक आएर उक्त समूहले कोण सभा गरेको थियो।

गत पुस ५ मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेर त्यही दिन राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।




Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments