Incident Reports

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

2020-12-24

Bagmati, Kabhrepalanchok, Bethanchowk, Ward 1

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छनकाभ्रे जिल्ला प्रहरी कार्यालयले नुवाकोट घर भई बारा निजगढ नगरपालिका-२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई पक्राउ गरेको हो। उनले आफ्नी ४३ वर्षीया श्रीमती सीता नेपालीको हत्या गरेको डिएसपी कुमारविक्रम थापाले बताए। गत बिहीबार बिहान पौने ११ बजे काभ्रेको बेथानचोक गाउँपालिका-१ हात्तीडुंगास्थित खोलाको छेउमा सीताको शव फेला परेको थियो।

सडेको अवस्थामा फेला परेको शव तत्काल सनाखत भएको थिएन। अनुसन्धानको क्रममा जीवनकी श्रीमती सीता नेपाली भन्ने खुलेको डिएसपी थापाले बताए।मृतकका देवर राजेन्द्र कुमार नेपालीले सनाखत गरी शुक्रबार कर्तब्य ज्यान मुद्दामा जाहेरी दिएका थिए।  तर घटनापछि मृतकका श्रीमान जीवन फरार थिए।उनको खोजी गर्न कार्यालयबाट बारा,पर्सा, मकवानपुर समेतमा प्रहरी टोली खटाइएको थियो।  सोही टोलीले उनलाई सोमबार मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो।  

उनीमाथि अनुसन्धान गर्न काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप भएको छ।

डिएसपी थापाका अनुसार जीवन र सीता पनौती, बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्थे।उनीहरूबीच आर्थिक कारोबारसम्बन्धी वादविवाद हुने गरेको थियो। ।

‘श्रीमतीले अरूसँग पैसा मागेकी रहेछ। अनि ती मान्छे मसँग पनि माग्न आए। त्यही झोंकमा हत्या गरे’, जीवनको बयान उद्धृत गर्दै डिएसपी थापाले भने।

गत मंसिर २३ गते पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भन्दै जीवनले सीतालाई लगेका थिए।

राति ९ बजे बेथानचोक-१ हात्तीडुंगास्थित खोलाको छेउमा पुग्दा सीतालाई जीवनले कुटपिट गरेका थिए। हात तथा लात्तीले प्रहार गरी सीताको हत्या गरी जीवन घटनास्थलबाट फरार भएका थिए।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments