Incident Reports

चितवनका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसको वृहत् प्रदर्शन

2020-12-28

नेपाली काँग्रेस चितवनले जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा आज (सोमबार) वृहत प्रदर्शन गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्धमा काँग्रेसले सोमबार चितवनका तीन वटा निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको हो । केन्द्रीय कार्यक्रम अन्तरगत चितवन क्षेत्र नं.१ अन्तरगत पूर्वी चितवनको खैरहनीस्थित चौविसकोठी पर्सा, क्षेत्र नं.२ अन्तरगत भरतपुरको चौविसकोठी र क्षेत्र नं.३ अन्तरगत चनौली बजारमा प्रदर्शन गरेको हो ।

भरतपुरमा आयोजिन विरोध प्रदर्शनमा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष एवंम निवर्तमान सांसद उमा रेग्मी र काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले सम्बोधन गरेका थिए । अध्यक्ष रेग्मीले ओली सरकार कुनै पनि हालतमा निर्वाचन नगराउने दावी गर्दै सरकारको आयू लम्ब्याइरहने बताइन् । उनले लोकतन्त्रको रक्षाका लागि काँग्रेस प्रतिवद्ध रहेको भन्दै कम्युनिष्ट सरकार संविधान विरोधी गतिविधिमा लागि परेको बताइन् ।

यस्तै काँग्रेस चितवनका सभापति श्रेष्ठले चितवनबाट चुनाव लड्न प्रचण्डको कुनै ठाउँ नभएको भन्दै अर्को निर्वाचन क्षेत्र खोज्न आग्रह गरे । उनले काँग्रेसको समर्थनमा छोरीलाई जिताएर मेयर बनाउँदा गरिएको बाचा सम्झदै अब प्रचण्डलाई काँग्रेसले साथ नदिने स्पष्ट पारे ।

क्षेत्रीय कोषाध्यक्ष एवंम प्रदेश सभा २ ‘क’ का सभापति समेत रहेका टंकनाथ पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला सचिव उत्तम जोशीलगायतका नेताहरुले सम्बोधन गरेका थिए भने जिल्ला सहसचिव राजन कार्की, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङलगायत नेताहरुको उपस्थिति रहेको थियो ।

भरतपुर महानगरपालिकाका केही वडा र कालिका नगरपालिका, इच्छाकामना गाउँपालिकालगायत क्षेत्रका काँग्रेस कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । विरोध प्रदर्शन भरत लामिछोनेको सभापतित्वमा सम्पन्न भएको हो ।

यस्तै क्षेत्र नं.१ को विरोध प्रदर्शन पर्सा बजारस्थित चौविसकोठीमा भएको छ । सो प्रदर्शनमा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व मन्त्री सावित्री बोगटी पाठक, नेता राजेन्द्र बुर्लाकोटी, कुमार कार्की, सूर्य अर्यालगायतका नेताले सम्बोधन गरेका थिए । सो कार्यक्रम राजु सिलवालको सभापतित्वमा सम्पन्न भएको छ ।

त्यस्तै जिल्लाको क्षेत्र नं.३ अन्तरगत चनौली बजारमा भव्य प्रदर्शन भएको छ । सो सभामा संविधान सभा सदस्य रामकृष्ण घिमिरे, काँग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ, जिल्ला उपसभापति कैलाश कोइराला, कोषाध्यक्ष शंकर कँडेल, सचिव राजीव न्यौपाने, भरत अधिकारी, साजन महतोगायतका नेताले सम्बोधन गरेका थिए । कार्यक्रम सरिता केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments