Incident Reports

चितवनमा प्रचण्ड-माधव समूहका युवाले निकाले मसाल जुलुस

2020-12-29

Bagmati, Chitawan, Bharatpur

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहका चितवनका युवाहरुले मसाल जुलुस निकालेका छन् । मंगलबारको बृहत् प्रदर्शनको पूर्वसन्ध्यानमा प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै जुलुस मसाल जुलुस निकालिएको हो ।

भरतपुरको लायन्स चोकदेखि निकालिएको जुलुस सहिद चोकसम्म पुगेको थियो । मसाल जुलुसमा नेकपाका युवा नेताहरु आरसी अधिकारी, धर्म कार्की, सन्तोष पनेरुलगायत सयौं संख्याका युवा तथा विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सहभागी नेकपा युवाहरुले केपी ओलीले गरेको संसद विघटनको विरोध गरेका थिए । उनीहरुले संसद पुनस्र्थापनाको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित बनेको छ ।

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments