Incident Reports

उदयपुरमा संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन

2020-12-29

Province 1, Udayapur, Triyuga

उदयपुर, १४ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले उदयपुरमा शक्ति प्रदर्शन गरेको छ । जिल्ला सदरमुकाम गाईघाटमा प्रदर्शन गरेको यो समूहले हजारौको संख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको थियो । शक्ति प्रदर्शनका लागि जिल्लाका विभिन्न पालिकाहरुबाट समेत कार्यकर्ता ल्याइएको थियो । गाईघाटको पिपलचोकबाट सुरू भएर बजार परिक्रमा गर्दै पीपल निस्किएको जुलुस पीपल चोकमा आएर सभामा परिणत भएको थियो । विरोध सभालाई केन्द्रीय सदस्य तथा नेकपा प्रदेश १ सचिब सुरेश कुमार राई, केन्द्रीय सदस्य जगनाथ खतिवडा, बलदेब चौधरी, प्रदेश सांसद सुनीता चौधरी, नारायण बुर्जा मगर,जिल्ला अध्यक्ष बिनोद कटुवालले सम्बोधन गरेका थिए कार्यक्रममा बोल्ने अधिकांश नेताले केपी ओलीको संसद बिघटनको बिरोध गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments