Incident Reports

चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै युवाहरुद्वारा दूतावास अगाडि प्रदर्शन

2020-12-30

काठमाडौं– चिनियाँ हस्तक्षेप बढेको भन्दै युवाहरूले बुधबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छ्न । युवाहरूले चिनियाँ हस्तक्षेपकाे विराेध गर्दै चीनविरूद्ध नाराबाजी गरेका हुन्।

‘विदेशी हस्तक्षेप बन्द गर’, ‘ब्याक अफ चाइना’, ‘सगरमाथामाथि गिद्दे नलगाउ’ भन्दै उनीहरुले चीन विरुद्ध नाराबाजी गरेका थिए ।

चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुसी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध गरेको जनाएको छ।

चीन प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments