Incident Reports

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

2021-01-01

Madhes, Dhanusha, Bideha, Ward 2

१७ पुस, जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।

जिल्लाको बिदेह नगरपालिका- २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको मिश्रले बताए ।

‘सुरुवाती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ’ मिश्रले भने, “शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौं । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।’

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग साेधपु५ भइरहेको मिश्रले बताए ।


Update

बालक हत्या घटनाका आरोपित गिरफ्तार

विदेह नपा–२ दुहवी बस्ने जिवन राय अमातका पाँच वर्षीय छोरा अभिनन्दन राय अमातलाई सोही ठाउँकी २६ वर्षीया फुपू प्रमिलादेवी अमातले पुस १५ गते राति घाँटी थिचेर हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुस १७ गते पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

पुस १५ गते घरबाटै हराइरहेका बालकलाई खोजी गर्ने क्रममा पुस १६ गते साँझ ब्रह्मदेव राय अमातको भैंसीगोठमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

बालक हराएको सूचना मृतकका बुबा जीवन राय अमातले पुस १५ गते साँझ नै प्रहरी चौकी दुहबीमा दिएका थिए ।

दुहबी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको संयुक्त टोलीले आरोपितलाई गिरफ्तार गरी पुस १७ गते सार्वजानिक गरेको हो ।

शवको पोष्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा पुस १७ गते गरिएको छ । शव परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments