Incident Reports

शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ जना नियन्त्रणमा

2021-01-02

Bagmati, Kathmandu, Kirtipur


डेलिभरीका क्रममा शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ।

शनिबार दिउँसो मृतक पक्षले अस्पतालमा तोडफोड गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

उनका अनुसार तोडफोड गरेपछि १७ जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार राति नैकाप बस्ने २५ वर्षीया सबिना सुवेदीको डेलिभरीका लागि अस्पताल भर्ना गरिएको थियो।

'हिजो बेलुका आउनु भएको थियो। चिकित्सकहरूले जाँच्दा शिशुको धड्कन पाएनन्। मृत्यु भइसक्यो भन्दा पनि होइन अपरेसन गर्नुपर्छ भन्ने खालका कुरा गरेछन्,' अस्पताल प्रशासनको भनाइ उद्धृत गर्दै उनले भने'जिद्दी  गरेर अपरेसन गर्न लगाए। अपरेसनपछि शिशु मृत जन्मिएपछि तोडफोड गरेका छन्।'

पक्राउ परेकाहरूलाई प्रहरीले कालिमाटी वृत्तमा लगेको छ।

थप अनुसन्धान भइरहेको छ। घटनाबारे अस्पताल प्रशासनले केहीबेरमा जानकारी दिने बताएको छ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 17
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports