Incident Reports

च्याब्रुङ बजाएर प्रतिगमनविरुद्ध प्रदर्शन

2021-01-01

Bagmati, Kathmandu, Kathmandu

प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमविरुद्ध आज नागरिक समाजले लिम्बू समुदायको बाजा च्याब्रुङ बजाएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

नागरिक समाजले गत ११ गतेदेखि एक दिन बिराएर नियमित प्रदर्शन गरिरहेको छ । यसैक्रममा आज च्याब्रुङ बजाएर विरोध प्रदर्शन गरेको हो । 

कार्यक्रममा लेखक अर्चना थापा,  अभियान्ता विनोद लोहनी, डिबी आङबोङलगायतले मन्तव्य राखेका थिए । लेखक तथा विरोध कार्यक्रमका संयोजक युग पाठकले यस किसिमको रचनात्मक विरोध प्रदर्शनलाई निरन्तरता दिने बताए।






 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments