Incident Reports

प्रधानमन्त्री ओलीको गृहजिल्लामा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

2021-01-02

Province 1, Jhapa, Birtamod

झापा , १८ पुष । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा झापाले प्रदर्शन गरेको हो ।

विरोध सभामा बोल्दैै पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

उनले ओलीका कार्यकर्तालाई ओलीलाई धेर नउकास्न आग्रह गर्दै धारा ४४ अनुसार बहुमतको आधारमा पार्टीको झण्डा, चुनाब चिन्ह र आधिकारिकता हुने प्रष्ट भएको बताएका छन् ।

ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गरेको हो ।

विरोधसभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध नाराबाजी गर्दै दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments