Incident Reports

कालीमाटीमा श्रीमतीको हत्या, आत्महत्या भनेर भ्रम छर्न खाेज्दै थिए श्रीमान्

2021-01-01

Bagmati, Kathmandu, Kathmandu, Ward 13

कालीमाटीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो घर भई काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने २३ वर्षीय सुरज परियारलाई पक्राउ गरेको हो। 

उनीमाथि आफ्नी २२ वर्षीया श्रीमती मिरा सुन्दास परियारको हत्या आरोप छ। महानगरीय प्रहरी वृत्त, कालीमाटीले सुरजलाई शनिबार बिहान सवा १२ बजे पक्राउ गरेको हो। 

उनले श्रीमती मिरामाथि शुक्रबार राति कुटपिट गरी सलले घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए। 

प्रहरीका अनुसार उनीहरूबीच दुई वर्षअघि विवाह भएको थियो। 

विवाह भएको केही समयदेखि नै उनीहरूबीच सम्बन्ध बिग्रिँदै गएको थियो। समय समयमा श्रीमतीसँग झैझगडा तथा विवादहरू हुने गरेको सुरजले प्रहरी समक्ष बयान दिएका छन्।

मिरा कालीमाटीको तरकारी बजारमा सुन्तला बेच्ने गर्थिन्। त्यस्तै सुरज भने गरगहनामा जलप लगाउने काम गर्छन्।

शुक्रबार नयाँ वर्षको दिन सुरजले कामबाट केही पैसा पाएका थिए। सो पैसा उनले त्यही दिन कालीमाटीस्थित डेरा नजिकै भट्टीमा गएर रक्सी खाइ सकाए। 

 सुरजले रक्सी खाएर आएपछि श्रीमती मिरासँग झडप भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डिएसपी अपिलराज बोहराले बताए। 

नयाँ वर्षको दिन रक्सी खाएर आएकाे भन्दै श्रीमतीले आफूलाई गाली गरेकाे  बयान सुरजले प्रहरीसमक्ष दिएको डिएसपी बोहराले बताए। 

'त्यसपछि उनीहरूबीच केही बेर झगडा भएकाे देखिन्छ। एकछिनपछि मिराले खाना पकाउने सहमति भएको रहेछ,' उनले भने। 

सहमतिपछि नयाँ वर्ष घरमै मनाउने भन्दै श्रीमती मिराले सुरजलाई मासु ल्याउन भनिन्। तर सुरजले आफूसँग भएको सबै पैसा रक्सी खाएर सकाएका थिए। 

पैसा नभएपछि उनीहरूबीच पुन: झडप सुरू हुन्छ। सुरजले सधैं दु:ख दिने गरेकाे भन्दै मिराले आत्महत्याको धम्की  दिएकी थिइन्। 

'मैले दु:ख दिएको भन्दै मर्छु भनिन्, त्यसपछि ल आइज म मार्छु भन्दै कुटपिट गरेर सलले घाँटीमा थिचेर मारेँ,' सुरजकाे बयान उदृत गर्दै डिएसपी बोहराले भने। 

आफू उम्किन सुरजले मिराको हत्यालाई आत्महत्या पार्न नाटक गरेका थिए। 

'सलमा झुण्डिएको जस्तो बनाएर उ बाहिर निस्कियो। अनि कोठाको चाबी लगाएर भेन्टिलेटरबाट चाबी कोठाभित्र फ्याँकिदियो,' बोहराले भने। 

सुरज त्यसपछि केही बेर ढोका ढकढक्याएको नाटक गर्छ।  मिराकी दिदी रुपा सुन्दासलाई फोन गरी ढोका नखोलेको,  बोल्दै नबोलेको भन्दै बोलाउँछ। 

'ढोका खोल्नु भन्दै बोलाएँ, दुई देखि अढाई घण्टासम्म त्यसरी नै पर्खिएँ' रुपासमक्ष सुरजले भनेका थिए।  

दिदी रूपा आएपछि सो कोठामा पसेर हेर्दा मिरा भित्तामा अढेस लगाएर लडेकी थिइन्। घाँटीमा सल बेरिएको थियो। 

उनलाई शुक्रबार बिहान-राति सवा १२ बजे ट्याक्सीमा हालेर वीर अस्पताल लगियो। 

 चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। शरीरमा चोटपटक देखेपछि मृत्यु शंकास्पद भन्दै अस्पतालले प्रहरीलाई बोलाएको थियो। 

रूपाले मिरालाई अस्पताल पुर्‍याउँदा पनि सुरज भने कोठामै थिए। उनी कोठामा सामान मिलाउँदै बसेका थिए।

वृत्तबाट प्रहरी निरीक्षक मनोज यादवको टोली अनुसन्धानमा खटिएको थियो। सो टोलीले तत्कालै श्रीमान सुरजलाई नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो। 

सोधपुछ गर्दा सुरजले आफूले हत्या गरेको र पछि आत्महत्या जस्तो बनाउन नाटक गरेको स्वीकारे। 

प्रहरीका अनुसार उनी पहिले पनि ज्यान मुद्धामा जेल परिसकेका छन्। त्यतिबेला उनी पुर्पक्षका लागि जेल चलान भइ धरौटीमा छुटेका थिए। 

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments