Incident Reports

संसद विघटनबिरुद्ध नागरिक समाजको धर्ना

2021-01-04

Gandaki, Kaski, Pokhara Lekhnath

प्रतिनिधिसभा विघटनबिरुद्ध पोखरामा नागरिक समाजले सोमबार धर्ना दिएको छ । नागरिक समाज पोखरा, राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिलगायतका संस्थाहरुको छाता संस्था संयुक्त देशभक्त मोर्चाले संसद विघटबिरुद्ध कास्की प्रशासन कार्यालय अगाडि सोमबार धर्ना दिएको हो । मोर्चाले संसद विघटन असंवैधानिक हुनुका साथै राष्ट्रघात पनि भएकाले संसद पुर्नस्थापना गर्न माग गदैै एकघण्टा प्रदर्शन गरेको मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन अगाडिको सहीदपार्कमा प्रदर्शन गरिएको थियो । संयुक्त देशभक्त मोर्चाका संयोजक अधिवक्ता तीलक पराजुलीले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेकाले त्यसकाबिरुद्ध खबरदारी गर्न धर्ना दिनुपरेको बताए । उनले सरकारलाई दवाब दिन आगामी दिनमा पनि विरोध कार्यक्रमलाई निरन्तरता दिने बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments