Incident Reports

घरमा कोही नभएको मौका छोपी सिरहामा एकजना किशोरी बलात्कृत

2020-12-29

Madhes, Siraha, Golbazar, Ward 13

राजेन्द्र महतो लहान पुस २० गते।सिरहाको गोलबजार मा एकजना किशोरी बलात्कृत भएकी छिन् । गोलबजार नगरपालिका वडा नं.– १३ दुर्गापुरका एक १५ बर्शिय किशोरी लाई गाउँकै २४ वर्षिय प्रकाश शर्माले घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

गत पुस १४ गते राती किशोरी घरमा एक्लै बसिरहेको बेला शर्माले जवर जस्ती करणी गरेको प्रहरी को अनुसन्धान बाट खुल्न आएको ईलाका प्रहरी कार्यालय गोलबजार ले बताएका छ्न।

पीडितका आफन्तले जर्बजस्तीकरणी सम्बन्धी इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता गराएका छ्न। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राइले जवर जस्ती करणीको उजुरी आएको बताएका छ्न। वहाँ ले घटनाबारे अनुसन्धान भईरहेको र घटनामा संलग्नको खोजी कार्य भईरहेको बताएका छ्न।

आमा छोरी दुवैजना माओवली गएको र आमा चाहिँ कामविशेष ले उतै वसेपछि छोरीमात्र घरमा रहेको मौका छोपी शर्माले जवरजस्ती करणी गरेको बताइएको छ । स्थानीय अनुसार फूसको घर फोडेर शर्मा घरभित्र पसेर किशोरीलाई जवर जस्ती गरेको र उनीहरु दुई तीन जनाको समूहमा आएको बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Vehicles 00
National/Online Media

0 Comments