Incident Reports

महासेठलाई कालो झण्डा

2021-01-03

Madhes, Dhanusha, Bateshwor

रातारात खेमा परिवर्तन गरेर पत्नीलाई मन्त्री बनाउन सफल भएका पूर्वमन्त्री रघुवीर महासेठलाई आफ्नै क्षेत्रमा फेरी कालो झण्डा देखाइएको छ। उनी निर्वाचित धनुषा निर्वाचन क्षेत्र नं. ४ को बटेश्वरमा आइतबार नेकपा( नेपाल–प्रचण्ड) पक्षका कार्यकर्ताहरुले कालोझण्डा देखाएर विरोध गरेका छन् । बटेश्वर गाउँपालिकामा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले आइतबार दिउँसो पूर्वमन्त्री महासेठलाई कालो झण्डा देखाएर विरोध गरे । संसद विघटनपछि नेपाल–प्रचण्ड पक्षमा लागेका नेता महासेठ एक दिन नबित्दै ओलीतिर लागेका थिए ।

ओलीतिर लागेको एक दिनपछि पूर्वमन्त्री महासेठको पत्नी जुली महतो महिला तथा बालबालिका मन्त्री बनेकी थिइन् । पति पत्नि अलग अलग पक्षमा लागेकोलाई राजनीतिक स्वार्थ बताएको थियो । पत्नीको मन्त्री बन्ने पक्का भएपछि महासेठ ओलीतिर फर्केका थिए । आप्mनो नेता कार्यकर्ताको घर आएको बेला बटेश्वर बजार नजिक महासेठलाई माधव– प्रचण्ड पक्षका नेताकार्यकर्ताले कालो झण्डा देखाएका हुन् । नेकपा (माधव–प्रचण्ड) समूहका नेता कुशेश्वर महता कृष्णकुमार महतो, रामकुमार महतो, रामकुमार पासवान लागायत स्थानीय युवाहरुले कालो झण्डा देखाउँदै उनी विरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।  ओली पक्षमा लागेपछि अधिकांश नेता कार्यकर्ता महासेठको विपक्षमा उभिएका छन् । आप्नो नजिकको कार्यकर्तालाई योजना बाँडेको भन्दै मिथिला नगरपालिकाको तुलसी गाउँका युवाहरुले कालो झण्डा देखाउँदै महासेठको विरोध गरेका थिए । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट दुई पटक निर्वाचित भएपनि महासेठले वाँडेको उधारो आश्वासन पूरा नगरेको जनगुनासो छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments