Incident Reports

बलात्कार प्रयासको आरोपमा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

2021-01-03

Province 1, Morang, Belbari

मोरङ– मोरङको बेलबारीस्थित विद्युत प्राधिकरण शाखाका एकजना कर्मचारीलाई १३ वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार विद्युत कार्यालयका मिटर रिडर सुन्दरहरैंचा नगरपालिकाका ४० वर्षीय लेखनाथ रिजाललाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले मिटर रिडिङका क्रममा बेलबारी घर भएकी एक बालिकालाई जबरजस्ती तानेर बलात्कारको प्रयास गरेको खबरपछि रिजाललाई पक्राउ गरेको जानकारी दिए।

आइतबार मिटर रिडिङ गर्न बालिकाको घरमा पुगेका रिजालले बालिका घरमा एक्लै भएको चाल पाएपछि बलात्कार गर्न खोजेको पीडित पक्षको आरोप छ। प्रहरीका अनुसार रिजालविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी परेको छ।

पक्राउ परेका रिजालविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments