Incident Reports

कामबाट निकालेपछि आरती स्ट्रीपका मजदुरहरु आन्दोलित

2021-01-05

Province 1, Morang, Budhiganga, Ward 1

विराटनगर २१ पुस। मोरङको बुढीगङ्गा गाउँपालिका १ मा रहेको आरती स्ट्रीप प्रालिले कामबाट निकालेका मजदुर आन्दोलित भएका छन् ।भारतीय लगानीमा संचालित उद्योगले कामदार निकालेपछि पुस १२ गते मजदुरहरु क्षतिपूर्तिसहित काम दिलाइपाउँ भन्दै श्रम कार्यालय विराटनगर पुगेका थिए । पुस १२ मा नै श्रम कार्यालयले कामदारलाई पुनर्बहाली गर्न उद्योगलाई पत्र काटेको थियो । तर उद्योगले श्रमको पत्रको अवज्ञा गर्दै प्रवेश गर्न नदिएपछि मजदुरहरु आरती स्ट्रिप अगाडि धर्ना बसेका छन् ।पटक–पटक गरेर उद्योगले एक सय ८४ जना कामदारलाई विनाजानकारी कामबाट निकालेको भन्दै उनीहरुले आन्दोलन गरिरहेका छन् । नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा आबद्ध भएको आधारमा उद्योगले कामबाट निस्कासन गरेको उनीहरुले बताएका छन् ।

७ वर्षदेखि काम गर्दै आएका मजदुरहरुले लकडाउनको बेलामा समेत उधोगले काम लगाएको र अब कानूनी प्रक्रिया अनुसार सेवा सुविधा दिनुपर्ने वाध्यता भएकोले कामबाट हटाएको आरोप लगाएका छन् । कामदारलाई नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा आबद्ध भएकै आधारमा उद्योगले कामबाट निस्कासन गर्न नपाउने र उनीहरुलाई पुनर्बहाली गर्नु पर्ने मजदुर नेताहरुले माग गरेका छन् ।

सरकारले तोकेको न्यूनतम ज्याला समेत उद्योगले नदिएको मजदुरहरुले बताएका छन् । २०७४ भदौ १९ गतेदेखि जारी भएको कानून उद्योगले अहिलेसम्म पनि लागू नगरेकाले कानूनको सहारा लिनु परेको उनीहरुले गुनासो गरेका छन् । उद्योगले भित्र प्रवेश गर्न नदिएपछि उनीहरु उद्योग गेटमा धर्ना बसिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis