Incident Reports

बलात्कारका आरोपितलाई १० वर्षकैद l

2014-06-11

Bagmati, Sindhuli, Dudhouli

Anand Dahal सिन्धुली । ०७१ जेठ २८ गते एक ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा निपाने गाविस-६ का ३५ वर्षीय अर्जुन गिरीलाई सिन्धुली जिल्ला अदालतले १० वर्षकैद सजाँया गर्ने फैसला गरेको छ । सिन्धुली जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको जेठ २८ गते बसेको एकल इजलासले आरोपित गिरीलाई १० वर्षकैद र पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतले जनायो । मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ नं बमोजिम उक्त कैद र क्षतिपूर्तिको आदेश भएको जिल्ला अदालतका श्रेष्तेदार मनोज श्रीवास्तवले बताए । आरोपितले ०७० मङ्सिर १६ गते दिउँसो ६ वर्षीया बालिकालाई निपाने गाविस-६ स्थित जनहित प्रावि माथिल्लो खुट्टेपानीको कक्षा कोठाभित्र लगि विभिन्न प्रलोभन तथा लोभलालच देखाई डर त्रासमा पारि बलात्कार गरेको आरोपमा ०७० मङ्सिर १८ गते प्रहरीले गिरफ्तार गरी अदालतमा पेश गरेको थियो । आरोपितलाई सिन्धुली जिल्ला अदालतको आदेशमा ०७० पुस ८ गतेबाट पुर्पक्षको लागि सिन्धुली कारागारमा थुनामा राखिएको छ । पीडित बालिकाको मङ्सिर १७ गते सिन्धुली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis