Incident Reports

कथित बोक्सीको अरोपमा कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी l

2014-06-12

Province 1, Okhaldhunga, Siddhicharan

Natibabu Dhital सिन्धुपाल्चोक । ०७१ जेठ २९ गते ज्यामीरे गाविस- ८ स्थित थापाकार्की टोलकी ३१ वर्षीया राधा गिरीलाई सोही ठाउँका ४५ का शम्भु कार्की, ४० वर्षीया मैया कार्की, ३० वर्षीया सानुमैया कार्की र ३५ वर्षीय ध्रुव कार्कीले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै जेठ २९ गते जिल्ला प्रहरी कार्यालयम गिरीले उजुरी गरेकी छन् । आरोपितहरूले पीडितलाई जेठ २२ गते साझ ८ बजे घरमा बसिरहेका बेला बोक्सीको मन्त्र झार्नु पर्दछ भन्दै बासको डण्डीले कुटपिट गरी घाइते बनाएको आरोप छ । पीडितले चौतारा अस्पतलमा उपचार तथा घा-जाँच गराएकी थिइन् । घटनाबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा घटनास्थल इलाका प्रहरी कार्यालय मेलम्चीको कार्यक्षेत्र भएको हुँदा आवश्यक कारबाही लागि सक्कलै निवेदनसहित इलाका प्रहरी कार्यालय मेलम्ची पठाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलबहादुर विष्टले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis