Incident Reports

मुगुमा नेकपाकै कार्यकर्ताले गरे प्रधानमन्त्री ओलीको पुत्ला दहन !

2021-01-07

पुस, २४ मुगु । हिमाली जिल्ला मुगुमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । प्रचण्ड-माधव गुटका कार्यकर्ताले प्रधानमन्त्रीको पुल्ता दहन गरेका हुन् ।

यही पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै देशभरि प्रधानमन्त्रीका विरुद्ध प्रचण्ड-माधव समूहका कार्यकर्ताले विरोध जनाउँदै आईरहेका बेला बिहीबार मुगुमा रहेका साे समूहका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुल्ता दहन गरेका छन् ।

अनेरास्ववियु केन्द्रिय कार्यालयको सर्कुलरअनुसार बिहीबार ५ बजेतिर प्रचण्ड-माधव गुटका कार्यकर्ताहरूले मुगु सदरमुकाम गमगढीको कृष्ण चोकमा जम्मा भई नाराबाजी गर्दै प्रधानमन्त्रीको पुल्ता दहन गरेकाे अनेरास्ववियु रारा क्याम्पसका सभापति चन्द्र प्रकाश मल्लले बताए । उनका अनुसार प्रतिगामी सरकारले जनताको हितविपरित काम गरी तथा संविधानको उल्घन गरी संसद विघटन गरेकाले त्यसको विरोध गर्दै प्रधानमन्त्री ओलीको पुल्ता दहन गरिएको हाे ।

यता अर्का युवानेता तथा अनेरास्ववियु नगर संयोजक रविन कुमार मल्लका अनुसार असंवैधानिक क्रियाकलापमा संविधान कुल्चिएकाेले विराेध गर्नुपरेकाे हाे  । नेपालको संविधानमाथि कु गरेर  जनमतलाई बेवास्ता गरी संसद विघटन गरी जनतामाथि अन्याय गरेका कारण पुल्ता दहन गर्न बाध्य भएकाे मल्लले बताए ।

प्रधानमन्त्री ओलीको पुत्ला दहनकै क्रममा प्रहरीसँग झडप तथा धरपकड पनि भएको प्रचण्ड-माधव गुटका कार्यकर्ताले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments