Incident Reports

आठ दिनसम्म होटेलमा बन्धक बनाएर बालिकामाथि बलात्कार

2021-01-07

Province 1, Jhapa, Gauradhaha

विराटनगर । झापा गौरादहकी एक बालिकाले आफूलाई बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको बताएकी छिन् । बालिका दलित समुदायकी हुन् ।

प्रहरीले घटनामा अनुसन्धान सुरु गर्दै बलात्कार भए–नभएको पुष्टिका लागि स्वास्थ्य जाँचका लागि पठाइएको छ । मोरङ पथरी–शनिश्चरेका २५ वर्षीय प्रकाश कार्कीले दमकको एक होटेलमा बन्धन बनाएर आठ दिनसम्म बलात्कार गरेको पीडित १५ वर्षीया बालिकाको भनाइ छ । बालिका दैनिक मजदुरी गरेर खाने विपन्न दलित परिवारकी हुन् ।

दबाब र प्रभावमा पारेर कार्कीले होटेलको कोठाबाट समेत निस्कन नदिई बलात्कार गरेको पीडित बालिकाले आरोप लगाइन् । कार्कीले बालिकाको घरछेउमा मजदुरी गर्थे । पीडित बालिकाका अनुसार कार्कीले १६ पुसमा घरनजिकै बोलाएर दमकस्थित कोरोनेसन एन्ड पार्टी प्यालेसको कोठा नम्बर १०१ मा राखेको र त्यहीँ २३ पुस अर्थात् बिहीबारसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप लगाइन् ।

‘दिउँसो घरमा गएर फूल दियो । बेलुका भेटौँ भन्यो । म त केही गर्दैन होला भनेर भेट्न गएँ,’ पीडित बालिकाले भनिन्, ‘भेटेपछि तँलाई बिहे गर्छु, आज होटेलमा गएर बसौँ भन्यो । तर, मैले मानिनँ । पछि म मरिदिन्छु भन्यो । ऊ मर्‍यो भने त म फस्छु भनेर गएँ ।’

बालिकाले होटेलमा गएपछि कोठाबाट बाहिरसमेत निस्कन नदिएको सुनाइन् । ‘बाहिर निस्कँदा अरूले देख्छन्, ननिस्की भन्थ्यो । मैले तँलाई कान्छी बुढी बनाएँ । म तँलाई विवाह गर्छु, विदेश जान्छु । त्यो वेलासम्म यहीँ बस्नु भन्थ्यो,’ उनले भनिन्, ‘एकपटक बाहिर निस्केको थिएँ । कुट्दै भित्र लग्यो । ममीलाई फोन गर्छुभन्दा पनि मानेन ।’

मादक पदार्थ सेवन गरेर जबर्जस्ती शारीरिक सम्बन्धका लागि बाध्य बनाउने गरेको पनि उनको आरोप छ । छोरी हराएपछि उनका बुबाले हुलियासहित इलाका प्रहरी कार्यालय दमकमा खोजतलासका लागि निवेदन दिए । काम गर्न आएका ती युवा पनि गाउँबाट हराएपछि परिवारले उनैमाथि शंका गरेका थिए ।

प्रहरीमा निवेदनसँगै उनीहरू युवाको घरमा समेत गए । ‘उसकी आमाले छोरासँग सम्पर्क गरिरहेकी रहिछिन् । हामीले प्रहरीकहाँ मुद्दा हाल्छौँ भनेपछि छोरालाई बिहीबार निकाले । नभन्दै मेरी छोरी पनि ऊसँगै रहिछ,’ उनी भन्छन्, ‘प्रहरीबाट तपाईंको छोरी भेटियो लिन आउनू भन्दै फोन आयो ।’

प्रहरी कार्यालय पुग्नुअघि कार्कीकी आमाले बालिकालाई बुहारी बनाउने वचनसहित ललाइफकाई गरेको र नमान्दा दलित भन्दै होच्याउने गरी गालीगलौज गरेको बालिकाले बताइन् । दुई जना भेटिएपछि प्रहरी कार्यालयमा बालिकाका बुबाआमा र आफन्त आइपुगे । इलाका प्रहरी कार्यालय दमकमा सामान्य छलफल भयो । बालिकाका परिवारले केटाविरुद्ध कानुनी उपचार खोज्ने भन्दै प्रहरीसँग सल्लाह मागे । तर, प्रहरीले उल्टै गाली गरेको बालिकाकी भाउजूले बताइन् ।

कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा परिवारले शनिबार जाहेरी दर्ता गरेका छन् । दमकका डिएसपी विजयराज पण्डितले भने, ‘दोष लगाउन जे लगाए पनि भयोे । हामीले जाहेरी दर्ता गरेका छौँ । मेडिकलका लागि पठाएका छौँ । अनुसन्धान सुरु भएको छ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments