Incident Reports

सिन्धुपाल्चोकमा अनेरास्ववियूको बयलगाढा प्रदर्शन

2021-01-08

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

संसद् विघटनविरुद्ध सिन्धुपाल्चोकको चाैतारामा सत्तारुढ दल नेकपाकै कार्यकर्ताले विराेध प्रदर्शन गरेका छन् । नेकपा निकट अनेरास्ववियू बिद्यार्थीले प्रतिनिधि सभा बिघटनकाे बिराेध गरेका हुन् । बिद्यार्थीहरूले निकालेकाे बिराेध र्यालीले चाैतारा सदरमुकाम परिक्रमा गरेकाे थियाे ।

जनमतको अपमान गर्न पाइदैन म्यादी मन्त्री चाइदैन जस्ता नारा लागेको थियो। सिन्धुपाल्चोकका युवा विद्यार्थीले हिजो उपप्रधानमन्त्री इश्वर पोखरेल र मन्त्री दावा तामाङ्गलाई कालो झन्डा देखाएका थिए । विद्याथीहरुले केपी ओलीले चालेको असंवैधानिक कदम सच्याउन जोडदार माग गरेका छन् । प्रदर्शनमा विद्यार्थी नेताहरुले केपीसहितको वयलगाडा समेत प्रदर्शन गरेका थिए ।

केन्द्रिय सदस्य रन्जित आचार्य को नेतृत्वमा जिल्ला संयोजक मिलन लामा, रबि भन्डारी, लक्षमण सिल्वाल लगायत विद्यार्थी नेता कार्यकर्ताको उपस्तिथि थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments