Incident Reports

सर्लाहीमा नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप

2021-01-10

Madhes, Sarlahi, Chakraghatta

सर्लाही – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । 

आइतबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले स्थानीय लेथ मेसिन सञ्चालक ७० वर्षीय रामदिनेश साहलाई कुटपिट गरेपछि दोहोरो झडप भएको हो । झडपमा स्थानीय लेथ मेसिन सञ्चालक रामदिनेश साह, चक्रघट्टा गाउँपालिकाका कार्यालय सहयोगी ३५ वर्षीय दिनेश राय, नेकपा कार्यकर्ता स्थानीय रन्जित अधिकारी, जयप्रकाश यादव र नविन यादव घाइते छन् । 

घाइतेकाे जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेकाे छ । 

कांग्रेस कार्यकर्ताहरूले गाउँपालिकाको ना १ झ १७०० नम्बरको जीप, ६ वटा मोटरसाइकल र कार्यालयमा समेत तोडफोड गरेकाे गाउँपालिकाले जनाएकाे छ । 

अहिले घटनास्थलमा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले बताउनुभयो । 

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव नेकपाका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवका छोरा हुनुहुन्छ । 

नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि पटक-पटक आक्रमण गरेको कारण गाउँलेले उनीहहरूमाथि प्रतिकार गरेको नेपाली कांग्रेसका नेता कृष्णदेव यादवले बताउनुभयो । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना केही कार्यकर्ता घाइते भएको उहाँको भनाइ छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 5
Totally damaged Vehicles 6
Severely damaged Vehicles 6
National/Online Media

0 Comments