Incident Reports

दैलेखमा ओली समुहको शक्ति प्रदर्शन

2021-01-10

दैलेख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन रहरले नभई बाध्यताले गरिएको कर्णाली प्रदेशका सह इन्र्चाज यमलाल कँडेलले बताए । आईतबार ओली समुहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कँडेलले यस्तो बताएका हुन् ।

लोकतन्त्रको आदेश ताजा जनादेशको पक्षमा भएकोले बन्द कोठामा भेला नगरी खुल्ला मञ्च टुँडिखेलमा अगुवा कार्यकर्ता भेला गरेको उनको भनाई थियो । माधव र प्रचण्ड समुहको प्रशिक्षण कार्यक्रममालाई लक्षित गर्दै कँडेलले भने, ‘पार्टी कुनै व्यक्तिको अनुकुलकताका निम्ती नभई देश र जनताको निम्ति निर्माण गरिएको हो ।’ प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान विरोधी, संघीयता विरोधी भएको भन्दै प्रचार गरिरहेको प्रति आपत्ति जनाउँदै उनले संसद् विघटनको निर्णय रहरले नभई बाध्यताले गर्नुपरेको बताए । ‘बाहिरका भन्दा पनि भित्रैका साथीहरुको गलत क्रियाकलापको कारण संसद् विघटन गर्नु परेको हो,। ‘प्रधानमन्त्रीले चालेको कदम सबै भन्दा लोकतान्त्रिक र सुन्दर पक्ष हो ।’ उनले भने ।

नेकपाका केन्द्रिय सदस्य एवं दैलेख इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको कदम चालेको बताए । नेता पोखरेलले दाहाल–नेपाल समूहका नेता जर्नादन शर्मा र योगेश भट्टराईलाई दैलेख निर्वाचन क्षेत्र नंं. –२ मा आएर निर्वाचन जितेर देखाउन चुनौती समेत दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले कानुनी र प्रक्रियागत रुपमा निर्वाचन आयोगले सूर्य चिन्ह र पार्टीको आधिकारिकता केपी शर्मा ओलीलाई दिनेमा ढुक्क रहेको बताए । उनले तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन हुने दाबी समेत गरे । राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी अब चुनावमा होमिएको बताए । ‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन् । ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ ।’

प्रधानमन्त्रीको समर्थनमा ओलीपक्षले पहिलो पटक शक्ति प्रर्दशन गरेको छ । पार्टी विवाद सुरु भएयता दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरुले पटक पटक शक्ति प्रदर्शन गरेपनि ओली समूहको पहिलो पटक शक्ति प्रदर्शन गरेको हो । अगुवा कार्यकर्ता भेलामा आएका सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा तथा दाहाल–नेपालविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

स्थानीय गणेश चोकबाटसुरु भएको प्रर्दशन डेकेन्द्र चोक, देवकोटा चोक हुँदै जिल्ला सदरमुकाम स्थित खुलामञ्ज टुँडिखेलमा पुगी अगुवा कार्यकर्ता भेलामा परिणत भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
National/Online Media

0 Comments