Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

2021-01-09

Madhes, Sarlahi, Ishworpur, Ward 11

१५ वर्षीया बालिकालाई पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नपा–११ रामनगर बस्ने २६ वर्षीय राहुलकुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा पुस २६ गते उजुरी दिएको छ ।

बलात्कार घटनाका आरोपित महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा लिखित उजुरी दिएको पीडित बालिकाको बुवाले बताउनु भयो ।

घटनाका आरोपित महतो फरार रहेकाले खोजतलास गरी अनुसन्धान कार्य अगाडि बढाइएको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर वीरेन्द्र गुरुङले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल मलङ्गवामा पुस २६ गते गरिएको इन्स्पेक्टर गुरुङले जानकारी दिनु भयो ।

बुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments