Incident Reports

ओली पक्षद्वारा मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी

2021-01-11


मकवानपुर — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको कार्यालयमा ओली पक्षले तालाबन्दी गरेको छ । सोमबार ओली पक्षबाट केहीदिन अघि मात्रै जिल्ला अध्यक्ष घोषित भएका एकालाल श्रेष्ठ र जिल्ला सहइञ्चार्ज रामेश्वर रानाको उपस्थितिमा कार्यालयमा तालाबन्दी गरिएको हो । यसअघि दुवै पक्षले पार्टी कार्यालय कुरेर बस्ने गरेको थियो ।

पार्टी कार्यालय दुरुपयोग गरेर विभिन्न कार्यक्रम आयोजना हुन थालेको भन्दै ओली पक्षले तालाबन्दी गरेको हो । विभिन्न भातृ संगठनका नेताहरुको उपस्थितिमा पार्टी कार्यालयमा कोणसभा आयोजना गरेर तालाबन्दी गरिएको थियो ।

ओली पक्षिय नेताहरुले दाहाल–नेपाल समूहले अनावश्यक कार्यक्रम आयोजना गरेर पार्टी कार्यालयबाटै गुटगत गतिविधि बढाएको आरोप लगाएको छ । ‘हामीले विभिन्न समयमा पार्टी कार्यालयमा कुनै पनि किसिमको गुटगत गतिविधि नगर्न चेतावनी दिएका थियौं । तर, गुटगत भेला नरोकिएपछि तालाबन्दी गरेका हौं,’ नेकपा मकवानपुरका युवा नेता सन्तोष चौलागाईंले भने । ओली पक्षले यसअघि जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई कारबाही गरेर पार्टी पदमुक्त गरिसकेको छ ।

नेकपा मकवानपुरमा इञ्चार्ज बिरोध खतिवडा, सहइञ्चार्ज कुमारी मोक्तान, जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामीलगायत नेकपा दाहाल–नेपाल पक्षमा रहेका छन् । अहिले नेकपा पार्टी कार्यालयको ढोकामा दुईवटा ताल्चा झुण्डिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments