Incident Reports

सर्लाहीमा उपप्रधानमन्त्री पोखरेललाई कालो झन्डा देखाइयो

2021-01-12

Madhes, Sarlahi, Malangawa

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाको दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताले मंगलबार कालो झन्डा देखाएका छन् ।सर्लाही सदरमुकाम मलंगवामा मंगलबार अपराह्न अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आउने क्रममा मन्त्री पोखरेललाई  नवलपुरमा कालो झन्डा देखाइएको हो ।

कालो झन्डा देखाउन राजमार्गस्थित नवलपुरमा जिल्ला अध्यक्ष रेवती पन्तले अगुवाई गरेका थिए ।कालोझन्डा देखाउँदै दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले असंवैधानिक कदमको मतियार बनेको भन्दै पोखरेलविरुद्ध नाराबाजी समेत गरेका थिए । कालो झन्डा देखाउने कार्यकर्ताहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

उपप्रधानमन्त्री पोखरेल सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा सहभागी थिए । कार्यक्रमस्थलमा प्रहरीको बाक्लो उपस्थिति थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments