Incident Reports

सर्लाहीमा नेकपाको शक्ति प्रदर्शन

2021-01-12

Madhes, Sarlahi, Malangawa

मलंगवा । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्लाहीमा शक्ति प्रदर्शन गरेको छ । मंगलबार नेकपाले शक्ति प्रदर्शन गरेको हो ।

मलंगवामा भएको बृहत कार्यकर्ता भेलालाई उप–प्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । पोखरेलले आफूहरूले नै आधिकारिता पाउने बताएको नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री न्यौपानेले जानकारी दिए ।

राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रमलाई उप–प्रधानमन्त्री पोखरेलका साथै सत्यनारायण मण्डल, प्रभु साह, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, शिवपुजन रायसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा हजारौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । उप–प्रधानमन्त्री पोखरेलले जसपाका केन्द्रीय सदस्य रामबहादुर रायसहित सयौँ कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments