Incident Reports

घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी

2021-01-16

Bagmati, Rasuwa, Kalika, Ward 2

कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी कार्यालय कालिकास्थानमा उजुरी दिनु भएको छ ।

घर नजिकै आफ्नो बारीमा बाख्रा नचराउन भनेपछि आरोपितद्वयले गाली गलौज गर्दै लछारपछार गरी कुटपिट गरेको पीडितले बताउनु भयो ।

कुटपिट घटनाका आरोपितद्वय फरार रहेकोले खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पीडित घाइतेको उपचार माघ ३ गते कालिकास्थान स्थित कालिका समुदायिक अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments